काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् ।
एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए भने पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए ।
गत चैत २१ गते आफू लामो बिदापछि काठमाडौं महानगरपालिका कार्यालय प्रमुखका रुपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा जाँदा रोकेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
गुरागाईँले आफू कार्यालय उपस्थित हुँदा पाण्डेले महानगर प्रहरी बलको अनधिकृत परिचालन गरी अभद्र व्यवहार र गैह(कानूनी हर्कत गरेको भन्दै स्पष्टीकरण मागेका थिए ।
.jpg)


