सोमबार, कार्तिक १७ गते २०८३
images
images

मानवता भन्दा माथि कुनै जात छैन:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
जेठ २१, २०८२ बुधबार
  • 158
    SHARES
  • मानवता भन्दा माथि कुनै जात छैन:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिदैँ मानवता भन्दा माथि कुनै जात नहुने बताएका छन् । 

    images

    बुधबार छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत उनले आमाले जात नजन्माउँने मानव जन्माउँने बताएका हुन् । 

    उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।’

    images

    ‘मानवता भन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ,’ उनले थप अगाडि भने । 

  • सम्बन्धित विषय:

  • # :प्रधानमन्त्री ओली