मंगलबार, भाद्र २३ गते २०८३
images

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

एक्सप्रेस पाना
जेठ २२, २०८२ बिहीबार
  • 346
    SHARES
  • नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

    काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

    images

    आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीको दिएको हो ।

    गत चैत १० मा यसअघिका सीईओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदबाट राजीनामा दिएपछि चैत १३ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पीएको थियो ।

    images

    नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव भएका उनी चार्टर्ड एकाउन्टेन्स समेत हुन । पछिल्लो समय वित्तीय विश्लेषकका रुपमा समेत चर्चित रहेका ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर नबिल बैंक प्रवेश गरेका थिए ।

    ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक, महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हुदै ज्ञवानी नबिल बैंकको सीईओ बनेका हुन ।

  • सम्बन्धित विषय:

  • # नबिल बैंक
  • # मनोज ज्ञवाली