आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 231
    SHARES
  • यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

    कात्तिक १ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । 

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

    यस्तै, बैठकले मंगलबार (२ कात्तिक)मा मोहम्मद जयन्ती (१४९६)को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । 

    images

    सरकारले साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीहरूलाई प्रति खेलाडी पाँच लाख र प्रशिक्षकलाई तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 

    बैठकले अर्थ मन्त्रालय आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने, अबुधावी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई स्वीकृति दिने निर्णय गरेको छ ।

    विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने र लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।