मंगलबार, भाद्र २३ गते २०८३
images

निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आइतबार अन्तिम दिन

एक्सप्रेस पाना
जेठ २५, २०८२ आइतबार
  • 169
    SHARES
  • निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आइतबार अन्तिम दिन

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋण पत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    images

    बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।

    यसअघि उक्त ऋणपत्रमा आवेदन दिने अन्तिम दिन जेठ २२ गते तोकिएको भएपनि माग बमोजिम आवेदन नपरेपछि आज सम्मकालागि म्याद थप गरिएको थियो । लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

    images

    बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

    कुल निष्कासनमध्ये २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

  • सम्बन्धित विषय:

  • # निफ्रा