काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ ।
आज बजार ११.०६ अंकले घटेर २६२९.८९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ७ अर्ब ९७ करोडको कारोबार भएको बजारमा आइतबार ९ अर्ब १३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८६ कम्पनीको सेयर मुल्य बढेको छ भने १६२ कम्पनीको सेयर मुल्य घटेको छ ।


