काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १३ करोडको कारोबार भएको बजारमा सोमबार ८ अर्ब ६७ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार १९१ कम्पनीको सेयर मुल्य बढेको छ भने ५६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


