मंगलबार, भाद्र २३ गते २०८३
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औं वार्षिक साधारण सभा सम्पन्न,८.४२१ प्रतिशत लाभांश पारित

एक्सप्रेस पाना
जेठ २७, २०८२ मंगलबार
  • 224
    SHARES
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औं वार्षिक साधारण सभा सम्पन्न,८.४२१ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images

    कम्पनीको उक्त सभा जेष्ठ २६ गते सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो। काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८०-८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

    सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०-८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    images

    बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स