मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आईएमई हस्पिटालिटीका होटलहरूमा SCT–UPI कार्डबाट भुक्तानी गर्दा विशेष छुट

एक्सप्रेस पाना
जेठ २८, २०८२ बुधबार
  • 164
    SHARES
  • आईएमई हस्पिटालिटीका होटलहरूमा SCT–UPI कार्डबाट भुक्तानी गर्दा विशेष छुट

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटीबिच SCT-UPI कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५% सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।  

    images

    यस सम्झौताअनुसार यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाटस्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा SCT–UPI कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५% छुट हुनेछ । रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ । 

    एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT–UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT–UPIकार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT–UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् । 

    images

     

  • सम्बन्धित विषय:

  • # आईएमई हस्पिटालिटी