मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सेयर बजारमा गिरावट,९ अर्ब ९० करोडको कारोबार

एक्सप्रेस पाना
जेठ २८, २०८२ बुधबार
  • 331
    SHARES
  • बुधबार सेयर बजारमा गिरावट,९ अर्ब ९० करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । आज बजार १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    images

    बजार घटेसंगै कारोबार रकम पनि सामान्य घटेको छ । मंगलबार १० अर्ब १६ करोडको कारोबार भएको बजारमा बुधबार ९ अर्ब ९० करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ७७ कम्पनीको सेयर मुल्य बढेको छ भने १७० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । बुधबार ६ वटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार