मंगलबार, भाद्र २३ गते २०८३
images

दोर्दीखोला जलविद्युत आयोजनाको अवितरित हकप्रद शेयर बाँडफाँड

एक्सप्रेस पाना
जेठ २९, २०८२ बिहीबार
  • 183
    SHARES
  • दोर्दीखोला जलविद्युत आयोजनाको अवितरित हकप्रद शेयर बाँडफाँड

    काठमाडौं । दोर्दीखोला जलविद्युत आयोजनाको लिलामीमा राखिएको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएको छ ।

    images

    कम्पनीले गत जेठ ११ देखि २० गतेसम्म लिलामी मार्फत बिक्रीमा राखेको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बुधबार बाँडफाँड गरेको हो । यद्यपी, सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता शेयरका लागि आवेदन पर्न नआएकाले पुनः लिलामीमार्फत बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।

    आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी जेठ ३० गतेबाट हुनेछ । सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता शेयरका लागि आवेदन पर्न नआएकाले पुनः लिलामीमार्फत बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।

    images

    संस्थापक समूहको (लकइनमा रहेको) कटअफ मूल्य २६५ र सर्वसाधारण समूहको कटअफ मूल्य २७० रुपैयाँ रहेको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको तथा सर्वसाधारण समूहको (लकइनमा नरहेको) हकमा मागभन्दा कम सेयरका लागि आवेदन प्राप्त भएकाले रितपूर्वक आवेदन पेश गरेका आवेदकहरुलाई मागबमोजिम शेयर बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता सानिमा क्याटिलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दोर्दीखोला जलविद्युत आयोजना
  • # हकप्रद शेयर