मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन,पसलमै राखियो कालो व्यानर

एक्सप्रेस पाना
जेठ २९, २०८२ बिहीबार
  • 217
    SHARES
  • सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन,पसलमै राखियो कालो व्यानर

    काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।

    images

    बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दैे काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

    Photo (1) (24).jpg

    images

    Photo (2) (18).jpg

    Photo (6) (14).jpg

    उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    व्यवसायीहरुले देशभरका आफ्ना पसलमा कालो व्यानर राखेर कतिपय ठाउँमै पसल नै बन्द समेत गरेका छन् । उनीहरुले आजै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र समेत बुझाएका छन् ।

    Photo (10) (18).jpg 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी व्यवसायी