मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने

एक्सप्रेस पाना
आषाढ १, २०८२ आइतबार
  • 275
    SHARES
  • रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने

    काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन् । 

    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले बैठकमा अवरोध कायम राख्ने भएका हुन् । 

    आइतबार बिहान सिंहदरबारमा सभामुख देवराज घिमिरेले गरेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले आफूहरुको माग पूरा नगरेसम्म बैठकमा अवरोध कायम रहने बताए ।

    images

    उनले भने ,‘हामीले भिजिट भिसा र अध्यागमनको प्रकरणमा रास्वपा आन्दोलनमा छ । सरकारले त्यो मुद्दा जुन गम्भीरताकासाथ लिनुपथ्र्यो लिएन । यत्रो मानव तस्करजस्तो मुद्दामा केही सुनुवाई भएन । गृहमन्त्री लेखकको राजीनामा र छानबिन समितिको माग गरिरहेका छौँ । यसमा गम्भिरतापूर्वक लिएर माग पूरा नभएसम्म अवरोध जारी राख्छौँ ।’

    यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि संसदको अवरोध कायम राख्ने बताए । 

    शुक्रबार सदनमा गृहमन्त्री रमेश लेखकले समिति बनाएर अनुसन्धानलाई सघाउने ठाउँमा उल्टै धम्कीदिने भाषामा प्रस्तुत भएको उनले बताए । 
    उनले भने,‘हाम्रो अवरोध कायमै छ र हुन्छ । हामी निरन्तर एकजना भएपनि आफ्नो कुरा राख्छौं । गृहमन्त्रीज्यूले समिति बनाउने कुरा त कता हो कता उल्टै धम्कीदिने भाषामा प्रस्तुत हुनुभयो ।’ 

    यसअघि शुक्रबार कांग्रेस–एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन दुईबुँदे सहमति भएको थियो ।

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # रास्वपा