सोमबार, कार्तिक १७ गते २०८३
images
images

हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानविन गर्न समिति गठन

एक्सप्रेस पाना
आषाढ १, २०८२ आइतबार
  • 135
    SHARES
  • हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानविन गर्न समिति गठन

    काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । 

    images

    मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरि पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन् ।

    सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् । 

    images

    समितिलाई सो पुल भत्कनुको कारण, भविश्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानविन गरि ७ दिन भित्रमा प्रतिवेदन पेश गर्ने कार्यभार दिईएको छ । समितिले आईतबार देखिनै काम शुरु गरि सकेको छ । 

    मन्त्री दाहालले उक्त अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गर्नुको साथै घाइते मजदुरहरुको ज्यान गएकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

    उनले उपचारात घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिने गरि व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन समेत दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # हेवा खोला