काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार २.८० अंकले बढेको २६५८.६६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आइतबार ११ अर्ब ४४ करोडको कारोबार भएको बजारमा सोमबार १३ अर्ब १८ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार १२४ कम्पनीको सेयर मुल्य बढेको छ भने १२४ कम्पनीको नै सेयर मुल्य घटेको छ ।
सोमबार दुई कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट हानेको छ ।


