काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले मंगलबारको प्रतिनिधि सभामा निलो रिबन लगाएर विरोध गर्ने भएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभामा विरोध गरिरहेको रास्वपाले आज नोलो रिबन लगाएर विरोध गर्ने भएका हुन् ।
निलो रिबन 'मानव तस्करीबिरूद्ध'को अभियानलप विश्वव्यापी प्रतिक मानिने भन्दै रास्वपाले यस्तो विरोधशैलि अपनाएको प्रवक्ता मनिष झाले बताएका छन् ।
रास्वपाका सबै सांसदहरूले निलो रङको खादा (रिवन) लगाएर विरोध जनाएका छन्।


