काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ ।
आज बजार ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार १३ अर्ब १८ करोडको कारोबार भएको बजारमा मंगलबार ७ अर्ब ६५ करोडको कारोबार भएको छ ।
त्यसैगरी मंगलबार ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १४८ कम्पनीको सेयर मुल्य घटेको छ ।


