काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै छ ।
नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल एक टी(२० २०१३ मा खेलिएको थियो, जुन स्कटल्याण्डले जितेको थियो ।
आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १३औं स्थानमा रहेको छ ।
२० जुनसम्म हुने यो त्रिकोणात्मक टी-२० सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । आज नन्दन यादवको स्थानमा बसिर अहमद खेलिरहेका छन् । आज रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, अनिल शाह, बसिर अहमद, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम खेलिरहेका छन् ।


