काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भउको थियो ।


