आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुर्गम जिल्लाहरुमा ९ रुपैयाँमा नै नुन वितरण भइरहेको छः उर्मिला श्रेष्ठ

एक्सप्रेस पाना
आषाढ ५, २०८२ बिहीबार
  • 258
    SHARES
  • दुर्गम जिल्लाहरुमा ९ रुपैयाँमा नै नुन वितरण भइरहेको छः उर्मिला श्रेष्ठ

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन् ।

    images

    बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपाल सरकारबाट दुर्गम जिल्लाहरुको लागि मात्र नुनको ढुवानी अनुदान दिएको बताएकी हुन् ।

    ‘हामीले ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन, भानु नुन नेपाल सरकारबाट ढुवानी अनुदान प्राप्त दुर्गम जिल्लाहरुको लागि मात्रै भनेर वितरण गरिरहेका छौ । दुर्गम जिल्लामा नेपाल सरकारले ढुवानी अनुदान दिएको अवस्थामा नुनको भाउ प्रतिकेजी नौ रुपैयाँ कायम गरिएको छ । बाँकी साल्ट ट्रेडिङकै क्षती भईरहेको छ,’ उनले भनिन् ।

    images

    उनले नुनको गुणस्तर परिक्षणका लागि  भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परिक्षण गरी विक्री वितरण गर्ने गरिएको बताइन् । बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # साल्ट ट्रेडिङ कर्पोरेशन
  • # उर्मिला श्रेष्ठ