बुधबार, भाद्र २४ गते २०८३
images

संसदमा रास्वपाको विरोध जारी,राप्रपाले गर्‍यो बैठक बहिष्कार

एक्सप्रेस पाना
आषाढ ५, २०८२ बिहीबार
  • 281
    SHARES
  • संसदमा रास्वपाको विरोध जारी,राप्रपाले गर्‍यो बैठक बहिष्कार

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले वेल घेराउ गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ । 

    images

    यी दुई पार्टीले बैठक सुरु हुने बित्तिकै उठेर विरोध गरेका हुन् भने विरोध हुँदाहुँदै पनि बैठक चलेको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको हो ।

    राप्रपाले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए । 

    images

    उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौं । अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दाले कति दिन छेकिएला । आज नभए भोलि त ढल्नैपर्छ । किनकी सत्यको जित निश्चित हुन्छ । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन् तबसम्म अवरोध जारी रहन्छ । संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ । विरोध हुँदा पनि संसद चल्छ भने राप्रपाले आज पनि संसद बहिष्कार गर्छौ ।’

    त्यसैगरी रास्वपाका सांसद हरि ढकालले सरकारको भूमिकामाथि आलोचना गरेका छन् । उनले भिजिट भिसाको नाममा भइरहेको संगठित मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनासमेत माग गरेका हुन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # संसद्