सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्रीले आज संसदमा उठेका प्रश्नको जवाफ दिदैँ

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 97
    SHARES
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

    images

    शुक्रबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । 

    प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ ।

    images

    यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ ।

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली