सोमबार, कार्तिक १७ गते २०८३
images
images

रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 163
    SHARES
  • रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेका छन्। 

    images

    शुक्रबार विरोध हुँदाहुँदै पनि प्रतिनिधिसभा बैठक चलेपछी रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेका हुन् । 

    बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।

    images

    सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे पनि विरोध जारी रहेपछी प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिँदै मन्त्रालयगत बजेटमाथिको छलफल अगाडी बढाइयो। त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । 

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् । 

    रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । यद्यपि सभामुख घिमिरेले विरोधका बीच बैठकलाई अगाडि बढाइरहेका छन् ।