आइतबार, कार्तिक १६ गते २०८३
images
images

बीपी राजमार्गमा रातको समयमा यात्रुबहाक सवारी सञ्चालनमा रोक

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 292
    SHARES
  • बीपी राजमार्गमा रातको समयमा यात्रुबहाक सवारी सञ्चालनमा रोक

    काठमाडौं । बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ । 

    images

    शुक्रबार सिन्धुलीको मूल्कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५ दिनको लागि बेलुका ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । 

    वर्षाको मौसमले राजमार्गका विभिन्न खण्डमा काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा क्षति पु¥याएकोले यात्रु तथा चालकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।

    images

    राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम र चिप्लो सडक भएका कारण सवारी सञ्चालनलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको हो । 

    निर्णय अनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमै रोकिने भएको छ भने काठमाडौंतर्फ जाने सवारी साधनलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ । सो निर्णय आजैबाट लागू हुनेछ । 

    बीपी राजमार्ग राजधानी काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग हो । दैनिक हजारौँ यात्रु र मालवाहक गाडी यही बाटो भएर आवतजावत गर्ने गर्दछन् । 

    गएको वर्ष असोज महिनामा आएको बाढीले रोशी खोला क्षेत्रमा सडकमा ठुलो क्षति भएको छ । अप्ठेरो सडक हुँदा चौकीडाँडामा दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # बीपी राजमार्ग