काठमाडौं । प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाबाट बाहिरिएका छन् ।
प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका रास्वपाका सांसदहरू कांग्रेस–एमालेका सांसद बोल्ने थालेपछी बाहिरिएका हुन् ।
रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कारपछि आइतबार पनि बैठक अगाडि बढाइएको थियो । सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल जारी छ ।
रास्वपाले विगत लामो समयदेखि भिजिट भिसा काण्डमा उच्च स्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन् ।


