सोमबार, कार्तिक १७ गते २०८३
images
images

'टेक एन्ड पे' व्यवस्था संशोधन हुन्छ : मन्त्री खड्का

एक्सप्रेस पाना
आषाढ ९, २०८२ सोमबार
  • 185
    SHARES
  • 'टेक एन्ड पे' व्यवस्था संशोधन हुन्छ : मन्त्री खड्का

    काठमाडौं । ऊर्जा मन्त्री दीपक खड्काले 'टेक एन्ड पे' व्यवस्था संशोधन हुने जानकारी दिएका छन् । 

    images

    साना जलविद्युत् योजना र निर्यात सुनिश्चित भएका आयोजनामा ’टेक अर पे’ नै उपयुक्त हुने मन्त्रीको भनाइ छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका पश्नको जवाफ दिँदै उनले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिएका हुन्  । 

    उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ । संशोधन भएर आउने विश्वास लिएको छु ।’

    images

    त्यस्तै उनले उद्योगीहरूसँगको बक्यौता नियमसंगत र प्रक्रियागत ढंगले उठाइने पनि बताए । 

    उनले भने, ’बक्यौता संकलन गर्नका लागि प्रक्रियागत ढंग अपनाइन्छ र यसमा कुनै कदाचित भ्रमको स्थान छैन ।’

    त्यस्तै भारतका कारण कसरी लोडसेडिङ अन्त्य भयो भनेर उठाइएको प्रश्नको उत्तर दिँदै उनले,‘भारतमा हामी विद्युत बिक्री पनि गर्छौँ । बर्खायाममा बेच्छौँ र हिउँदमा किन्छौँ । किन्नेबेच्न भइरहेको छ । हामीलाई चाहिएको बेलामा उहाँहरूले दिने उहाँहरूलाई चाहिएको बेलामा हामीले दिने भएको कारणले यो लोडसेडिङ अन्त्य हुने विषयमा विद्युत नभई लोडसेडिङ अन्त्य हुँदैन । त्यसै व्यक्तिले गरेर हुने कुरा भएन । यसरी आदान प्रदान भएर लोडसेडिङको अन्त्य हुँदै आएको हो । हामीले निर्यात पनि गरिरहेको छौं ।’ 

  • सम्बन्धित विषय:

  • # टेक एन्ड पे