काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बजेट पास गराउन आफ्ना सांसदहरुलाइए ह्वीप जारी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मंगलबार (असार १० गते) बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले सो बैठकमा अनिवार्य उपस्थित हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन ।
.jpg)

