मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा र राप्रपाले मंगलबार पनि बहिष्कार गरे संसद बैठक

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 250
    SHARES
  • रास्वपा र राप्रपाले मंगलबार पनि बहिष्कार गरे संसद बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले मंगलबार पनि संसद बैठक बहिष्कार गरेका छन् ।

    images

    मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको भिजिट भिसा छानबिन सम्बन्धि उच्चस्तरीय आयोग बारे जानकारी दिएसंगै रास्वपा  र राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

    बहिष्कार गर्नु अघि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका थिए । उनले संसदीय समिति वा बहालवाला या पुर्व न्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने माग राखेका थिए ।

    images

    त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो समिति आफुहरुलाई मान्य नहुने भन्दै बैठक बहिष्कारलाई निरन्तरता दिने बाताए । उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसका विरुद्धमा राप्रपा सडक र सदनमा उभिने बताए 

  • सम्बन्धित विषय:

  • # रास्वपा