आइतबार, कार्तिक १६ गते २०८३
images
images

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 256
    SHARES
  • जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

    images

    पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

    मंगलबार भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै आफूहरूले बाहिर बसेर समर्थन गरेको भएपनि असफल भएको निष्कर्ष निकालेको र समर्थन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारे । 

    images

    उनले भने,‘हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ताको निर्णय लिएको छ, अब त्यहीअनुसार निर्णय हुन्छ।’

    उनले कांग्रेस–एमालेको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गलती गरेको भन्दै पछुतो लागेको बताए ।

  • सम्बन्धित विषय:

  • # जसपा नेपाल