सोमबार, कार्तिक १७ गते २०८३
images
images

माधव नेपालविरुद्धको थुनछेक बहस सकियो,आजै आदेश आउने

एक्सप्रेस पाना
आषाढ ११, २०८२ बुधबार
  • 345
    SHARES
  • माधव नेपालविरुद्धको थुनछेक बहस सकियो,आजै आदेश आउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको थुनछेक बहस सकिएको छ । 

    images

    नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, खमबहादुर खातीलगायतले बहस गरेका थिए । बयानका लागि नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए ।

    त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्त नेतृत्वको टिमले बहस गरेका थिए ।

    images

    इजलासले नेपाललाई पुर्पक्षका लागि थुनामा राखेर मुद्धा अगाडी बढाउने या धरौटीमा छोड्ने भन्ने आदेश गर्ने छ ।   

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।