काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको निलम्बन फुकुवा गरेको छ ।
बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पाण्डे र तिम्सिनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिएका हुन् ।
दुवैले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए । पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो ।
.jpg)


