सोमबार, कार्तिक १७ गते २०८३
images
images

हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ:प्रधानमन्त्री

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 236
    SHARES
  • हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ:प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । 

    images

    ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् । 

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’

    images