सोमबार, कार्तिक १७ गते २०८३
images
images

शीतनिवासमा धान रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

एक्सप्रेस पाना
आषाढ १५, २०८२ आइतबार
  • 171
    SHARES
  • शीतनिवासमा धान रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

    काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।

    images

    राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए । 

    रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए  ।

    images

    कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए । 

    उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए  । रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # धान दिवस