काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई धरौटीमा रिहा गर्न विशेष अदालत काठमाडौंले आदेश दिएको छ ।
आइतबार विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई न्यायाधीशहरू तेज नारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले २५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते मुद्धा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।


