सोमबार, कार्तिक १७ गते २०८३
images
images

शिक्षा विधेयक पास गर्ने दबाबमा मन्त्री पन्त,कांग्रेस कार्यालयमै पुगेर गरे छलफल

एक्सप्रेस पाना
आषाढ १६, २०८२ सोमबार
  • 177
    SHARES
  • शिक्षा विधेयक पास गर्ने दबाबमा मन्त्री पन्त,कांग्रेस कार्यालयमै पुगेर गरे छलफल

    काठमाडौं ।  शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् । 

    images

    सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन् । 

    शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो । तर, शिक्षा समितिमा आजपनि विधेयकमा सहमति नजुटेपछि उनी संवादको लागि सानेपा पुगेका हुन् । 

    images

    उनी केहीबेरमा नै संवाद सकेर समितिको बैठकमा पुन सहभागी भएका छन् । 

    यता नेपाल शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिइरहेको छ ।