काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् ।
झाले सामाजिक सञ्जालमार्फत कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन नसके सभापतिको पदबाट राजिनामा दिन माग गरेका हुन् ।
उनले भनेका छन्, "राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।"
साथै प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति समेत कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘र, पढ्दै नपढेर “हुन्छ’’ “हुँदैन’’ भन्नेहरूलाई “कुरी कुरी’’
निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको विधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ ।


