बुधबार, भाद्र २४ गते २०८३
images

कुलिङ पिरियडको विषयमा षड्यन्त्र भएको छ त्रुटी होईन : हितराज पाण्डे

एक्सप्रेस पाना
आषाढ १८, २०८२ बुधबार
  • 177
    SHARES
  • कुलिङ पिरियडको विषयमा षड्यन्त्र भएको छ त्रुटी होईन : हितराज पाण्डे

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भएको बताएका छन् । 

    images

    बुधबार राज्यव्यवस्था समितिको आकस्मिक बैठकमा बोल्दै उनले कुलिङको विषयमा छेड्खानी मात्र होईन षड्यन्त्र नै भएको भन्दै समितिको सदस्य र दलको प्रमुख सचेतक भएको हिसाबले नेपाली जनतासँग माफि मागेका हुन् । 

    उनले भने, ‘म नेपाली जनतासँग क्षमा माग्द छु । हामी जुन गतिका साथ निजामती सेवासम्बन्धी विधेयकको छलफल गरेका थियौं त्यही गतिका साथ हामीले १५ गते पास गर्ने भन्ने विषयवस्तु थियो त्यो गर्न सकेनौँ त्यसको लागि म एउटा सांसदको हिसाबले, यो समितिको सदस्य र आफ्नो दलको प्रमुख सचेतक भएको हिसाबले नेपाली जनतासँग माफि माग्न चहान्छु । किनभने कुलिङको विषयमा षड्यन्त्र भएको छ । छेड्खानी मात्र होईन । यहाँ रहेका नेपाल सरकारका सहसचिवभन्दा माथि स्तरका सबैको कुरा सुन्न चाहन्छु । यो कुरालाई म षड्यन्त्र नै भन्छु, नजानेर, त्रुटि भएर भन्ने कुरा आएको छ । होईन यसमा को को सहभागि भएका छन् यसको छानबिन हुनुपर्छ । यो विधेयक त्यो संसदमा लगेर राख्न कै लागि यति धेरै पापड बेल्न पर्यो त्यसको बयान गरि साध्य छैन् ।’

    images

    यस्तै, उनले धेरै पटक माग्दा पनि सभापतिले अन्तिममा विधेयक पढ्न नदिएको भन्दै विश्वासको घात भएको बताए ।
    उनले भने, ‘सभापतिज्युलाई पनि आदर पूर्वक भन्न चाहान्छु तपाईंले यो विधेयक हामीलाई अन्तिममा पढ्न दिनु भएन्, मैले त धेरै पटक मागेको थिए । हेरौ राम्रो तरिकाले भनेर, तर हामीले त्यहा पेस भएपछि मात्र हेर्न पायौं, हेर्न नदिए पछि राम्रो नै होला भन्ने विश्वास गरियो त्यो विश्वासको घात भएको छ । यसो गरेर देश अगाडि बढ्छ ।’

    यो विषयवस्तु समितिको दुई चार जना बसेर एक दिन छलफल गरेको होइन सरकारको प्रतिनिधिलाई राखेर उपसमिति बनाएर छलफल गरेर आएको विषयवस्तुमा पनि गल्ती भएको भन्दै यो सरकारले लापरवाही गरेर संसदलाई हेपेको पनि उनको भनाई छ । 

     

  • सम्बन्धित विषय:

  • # हितराज पाण्डे
  • # कुलिङ पिरियड