आइतबार, कार्तिक १६ गते २०८३
images
images

मलाई स्पष्टीकरण सोधिएको छैन्, वरिष्ठ पदाधिकारीले हल्ला चलाए:रामकुमारी झाँक्री

एक्सप्रेस पाना
आषाढ १९, २०८२ बिहीबार
  • 232
    SHARES
  • मलाई स्पष्टीकरण सोधिएको छैन्, वरिष्ठ पदाधिकारीले हल्ला चलाए:रामकुमारी झाँक्री

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण नसोधिएको बताएकी छन् । 

    images

    बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला वरिष्ठ पदाधिकारीले चलाएको भन्दै त्यसमा सत्यता नभएको बताएकी हुन् ।

    उनले भनिन् ,"केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिए । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर पार्टीले निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरुलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।"

    images

    आजको बैठकमा अध्यक्ष नेपालविरुद्ध दायर भएको मुद्धा र झाँक्रीको टिप्पणीको बारेमा छलफल हुने बताइएको छ ।

    झाक्रीले गत शनिबार एक कार्यक्रममा मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने टिपप्णी गरेकी थिइन् ।  

  • सम्बन्धित विषय:

  • # रामकुमारी झाक्री