काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणाली सम्बन्धित सबै सेवा बन्द भएको छ ।
शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि आजदेखि यससँग सम्बन्धित सबै सेवा बन्द गरेको जानकारी गराएको हो ।
ईडीएल प्रणाली, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रणालीसमेत सबै सेवा प्रभावित भएको छ ।
विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’

.jpg)


