आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 155
    SHARES
  • काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

    काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । 

    images

    शुक्रबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बस्न लागेको हो । महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

    महानगरका अनुसार शुक्रबार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । 

    images

    बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ । 

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगरपालिका