सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

एक्सप्रेस पाना
आषाढ ३०, २०८२ सोमबार
  • 348
    SHARES
  • काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

    काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

    images

    विद्यालयमा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्ति परादर्शी र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेका हुन् ।

    विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न नेविसघंको माग रहेको छ । सोमबार विहानदेखि उपत्यका भित्रका क्याम्पसहरु अगाडि भएको प्रदर्शनले यातायात प्रभावित भएको छ । 

    images

    विद्यार्थीहरुले त्रि-चन्द्र कलेज,बानेश्वर क्याम्पस, नेपाल कमर्श क्याम्पस,कोटेश्वर क्याम्पस, पुल्चोक क्याम्पसलगायतका क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीले विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग समेत राखेका छन् । 

  • सम्बन्धित विषय:

  • # नेविसंघको प्रदर्शन