सोमबार, कार्तिक १७ गते २०८३
images
images

स्पेन भ्रमणमा सरकारी प्रतिनिधीमण्डल बाहेकको विषयमा छानविन हुने

एक्सप्रेस पाना
आषाढ ३०, २०८२ सोमबार
  • 345
    SHARES
  • स्पेन भ्रमणमा सरकारी प्रतिनिधीमण्डल बाहेकको विषयमा छानविन हुने

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् ।

    images

    मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

    ‘प्रधानमन्त्री ज्यूको प्रतिनिधी मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु’ मन्त्री लेखकले भने,‘जानका लागि भिजिट भिषाको प्रवन्ध कसले ग¥यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’

    images

    उक्त विषयको गहन छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरो खटिनेछ । ‘यस विषयमा दोषी देखिएकाहरुलाई कारबाही गरिने छ । ’उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

  • सम्बन्धित विषय:

  • # स्पेन भ्रमण