काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब १७ करोडको कारोबार भएको बजारमा मंगलबार ९ अर्ब ४१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २०९ कम्पनीको सेयर मुल्य बढेको छ भने ३९ कम्पनीको सेयर मुल्य घटेको छ ।


