मंगलबार, भाद्र २३ गते २०८३
images

अत्यावश्यक ऐन कानुन बनाउदा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध गर्छ:राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
आषाढ ३२, २०८२ बुधबार
  • 255
    SHARES
  • अत्यावश्यक ऐन कानुन बनाउदा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध गर्छ:राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् । 

    images

    संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारहरूसंगको भेटमा उनले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताए । 

    उनले भने, ‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताए । 

    images

    राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको  सूचना सम्प्रेषण गर्ने तथा खवरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताए । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल