काठमाडौं । आर्थिक बर्ष ०८१ र ०८२ को अन्तिम दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । आज बजार १.२५ प्रतिशतले बढेको हो ।
बजार बढेसंगै बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार ९ अर्ब ४१ करोडको कारोबार भएको बजारमा बुधबार १४ अर्ब ३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १९३ कम्पनीको सेयर मुल्य बढेको छ भने ५५ कम्पनीको सेयर मुल्य घटेको छ ।


