काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अकंले बढेको छ ।
आज बजार ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । आज बजार २.७१ प्रतिशतले बढेको हो ।
बजार बढे संगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार १४ अर्ब ३ करोडको कारोबार भएको बजारमा बिहिबार १६ अर्ब ३० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २३९ कम्पनीको सेयर मुल्य बढेको छ भने ९ कम्पनीको सेयर मुल्य घटेको छ ।


