आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाढी र पहिरोमा फसेकालाई उद्धार गर्न प्रचण्डको आग्रह

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 233
    SHARES
  • बाढी र पहिरोमा फसेकालाई उद्धार गर्न प्रचण्डको आग्रह

    कात्तिक ३ काठमाडौं  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पछिल्लो तीन दिनमा आएको बाढीपहिरोमा फसेका व्यक्तिको उद्धार, राहत र घाइतेहरुको निस्शुल्क उपचार गर्न माग गरेका छन्।           

    images

    बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले बाढीपहिरोमा परेका नागरिकलाई खानपान र बसोबासको व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्।       

    बाढीबाट सबैभन्दा धेरै मारमा परेका कृषकलाई कृषि सहायता कोष खडागरी राहत र क्षतिपूर्ति दिलाउन माग गरिएको छ। यस्तै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको तत्काल खोजी गर्न संघ, प्रदेश र स्थानीय तह तीनवटै सरकारलाई आग्रह गरेका छन्।

    images

    247223006_10215649288585367_6990759509665632611_n.jpg