मंगलबार, भाद्र २३ गते २०८३
images

साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार

एक्सप्रेस पाना
श्रावण ४, २०८२ आइतबार
  • 640
    SHARES
  • साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार

    काठमाडौं । शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । 

    images

    आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो ।

    अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    images

    साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसुचक १ बजेर ३० मिनेट जाँदा ४१.८९ अंकले बढेर २९१२.५२ बिन्दुमा रहेको छ ।

    अघिल्लो कारोबार दिन बिहीबार नेप्से ७५.८४ अंकले बढेको थियो । यो समाचार तयार पार्दा सम्म नेप्सेमा १९५ कम्पनीको शेयर मूल्य बढ्दा ५३ कम्पनीको शेयर घटेको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर बजार
  • # नेप्से