काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सोमबार नै पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उनीमाथि २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अग्रवालको सेयर कारोबार बारे धितोपत्र बोर्डमा समेत उजुरी परेको बताइएको छ । अग्रवाललाई प्रहरीले टोखाबाट पक्राउ गरेको थियो ।
.jpg)


