बुधबार, भाद्र २४ गते २०८३
images

बंगलादेश विमान दुर्घटना : मृत्यु हुनेको संख्या २० पुग्यो

एक्सप्रेस पाना
श्रावण ५, २०८२ सोमबार
  • 478
    SHARES
  • बंगलादेश विमान दुर्घटना : मृत्यु हुनेको संख्या २० पुग्यो

    काठमाडौं । बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको एक विद्यालयमा दुर्घटनाग्रस्त हुदाँ मृत्यु हुनेको संख्या २० पुगेको छ । 

    images

    सोमबार एफ सेभेन बीजीआई प्रशिक्षण जेट विमान बंगलादेशको ढाकास्थित माइलस्टोन स्कुल तथा कलेजमा दुर्घटनाग्रस्त  भएको हो ।

    बंगलादेशको मिडिया डेली स्टारका अनुसार उक्त विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ भने घाइतेको संख्या १७१ पुगेको छ ।  मृतकको संख्या अझ बढन सक्ने बताइएको छ ।

    images

    अहिले राहत र उद्धारको काम भइरहेको र राहत र उद्धार कार्यका लागि सीमा रक्षक बंगलादेशका दुई टोलीहरू खटाइएको बंगलादेशको सेनाले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना